• फाल्गुन २८ २०८२, बिहीबार

पार्टी अध्यक्षका लागि आफू योग्य रहेको ईश्वर पोखरेलको दाबी

भाद्र १४ २०७८, सोमबार

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षका लागि नेता हुन आफू योग्य रहेको बताएका छन् ।

सोमबार पत्रकारसँगको कुराकानीमा उनले आफू क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा योग्य रहेको बताएका हुन् ।

आफू उम्मेदवार भए पनि कार्यकर्ताको चाहना नभएमा उम्मेदवार हुनुको कुनै अर्थ नहुने पोखरेलले बताए । उम्मेदवार हुने नहुने भन्ने देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्ने उनले बताए ।