ए कम्युनिस्टहरु
ए कम्युनिस्टहरु हो
ए कम्युनिस्ट जस्तै देखिनेहरु हो
ए आफूलाई कम्युनिस्ट भन्न रुचाउनेहरु हो
अलिकति इमानदार त बनिदेऊ
नेपालमा समाजवाद आउँछ
ल्याउन सकिन्छ ।
बारुद बोक्नुपरे हामी बोकौंला
बङ्कर खन्नुपरे हामी खनौंला
मोर्चाहरुमा अगाडी हामी नै जाउँला
बस तिमिहरु बसेर मुन्टो हलाइदेऊ
उठेर मुठ्ठी उठाइदेऊ
भनिदेऊ, समाजवाद जिन्दावाद ।
नेपालमा समाजवाद आउँछ
तिम्रा जहानका सिँउदोहरु पुछिने छैनन्
तिम्रो लालाबालाहरु टुहुरा हुने छैनन्
बलिदानको कोटा पूरा हामी गरौंला
बस तिमी कम्युन घर अघिल्तिर आएर
लालसलाम ठोकिदेऊ ।
ए कम्युनिस्टहरु हो
कम्युनिस्ट जस्तै देखिनेहरु हो
कम्युनिस्ट बन्न रुचाउनेहरु हो
एकपटक सहास गरिदेऊ
नेपालमा समाजवाद आउँछ
पुँजीवादको नाडी हामीले छामेका छौं
कसैलाई घोक्रेठ्याक लगाउन परे हामी लगाउँला
तिम्रा घरका भित्ताहरुमा पक्राउ पुर्जी टाँसिने छैनन्
फलामे साङ्लोहरुमा बेरिनु परे हामी बेरिउँला
तिमी माथी कुनै मुद्धा लाग्ने छैनन्
ए कम्युनिस्टहरु हो
एकपटक बुद्धिमान बनिदेऊ
नेपालमा समाजवाद आउँछ ।
डोर्याउँदै कोही निर्वाचन आयोग नजाउ
भन्किँदै कोही बालकोट नजाऊ
र्याल चुहाउँदै कोही बुढानिलकण्ठ नधाऊ
जाने भए कपिलवस्तुको शिवगढी जाऊ
वैज्ञानिक समाजवादबारे बहस गर
नेपालमा समाजवाद जसै ल्याउनु छ
ए कम्युनिस्टहरु हो
एकपटक इमानदार बन
नेपालमा समाजवाद आउँछ ।
२०७८–०५–०९ ।