काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ ले माओवादी फेरि एक नम्बर पार्टी नभइ देश नबन्ने बताएका छन् ।
सोमबार सर्लाही-काठमाडौं सम्पर्क समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘जबसम्म माओवादी फेरि एक नम्बर पार्टी हुँदैन तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन ।’
माओवादीविना देशमा स्थायित्व र विकास नहुने उनको भनाइ थियो ।
साथै, अब मधेसमा अरु पार्टीले होइन माओवादीले कब्जा जमाउने पनि उनले बताए । अध्यक्ष प्रचण्डले भने, ‘मधेसमा अरु पार्टीले होइन माओवादीले कब्जा जमाउनेछ । यसले मधेस र देशमा पनि बलियो सन्देश जानेछ ।’