• फाल्गुन २८ २०८२, बिहीबार

सत्तारुढ गठबन्धनबीच छिटो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

भाद्र १४ २०७८, सोमबार

काठमाडौँ। सत्तारुढ गठबन्धनका नेताहरुबीच मन्त्रिपरिषदलाई छिटो पूर्णता दिने सहमति भएको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मन्त्रिपरिषद्लाई छिटो विस्तार गर्ने सहमति भएको हो। यद्यपि मन्त्रालय भागवण्डाबारे भने छलफल नभएको बताइएको छ।

मन्त्रालय भागबण्डाबारे गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुने जानाइएको छ।

बैठकमा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थिति थियो ।