काठमाडौं । नेपालमा ६८ दशमलब ६ प्रतिशत व्यक्तिमा कोभिड-१९ को एन्टीवडी देखिएको छ ।
गत असार २१ देखि साउन ३० गतेसम्म ५ महिनाभन्दा माथि उमेरसमुहका १३ हजार १६१ जनामा गरेको सेरो प्रिभिलेन्स सर्वेमा ६८ दशमलब ६ प्रतिशत कोभिड एन्टीबडी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।
‘एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूर्ण मात्रा कोभिड खोप लगाएमा ९० प्रतिशत एन्डीबडी देखिएको छ। यसले हामीले लगाइरहेको कोभिड खोप प्रभावकारी रहेको देखिन्छ।’ मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।