• मंसिर ११ २०८१, मंगलवार

यसरी पत्ता लगाएका थिए कोलम्बसले पुरै अमेरिका

भाद्र १३ २०७८, आईतवार

काठमाडौँ । युरोपमा एकजना चर्चित नाविक थिए, जसको नाम क्रिस्टोफर कोलम्बस थियो । समुन्द्री जहाज चलाउने कोलम्बस स्पेनका एक शिक्षित व्यापारी पनि थिए । व्यापारी मात्रै होइन कोलम्बस साहसिक काम गरेर संसारमा नाम कमाउने कुराको प्यासी समेत थिए । आफूभन्दा पहिलेका यायावर मार्कोपोलोबाट अत्यन्तै प्रभावित कोलम्बसले आफ्नो साथै पुरै युरोपको व्यापार एसियामा समेत फैलाउन चाहन्थे । खासमा पश्चिम युरोपदेखि पूर्वमा नेपाल, भारत र चीनसम्म उनी व्यापार विस्तार गर्न चाहन्थे । आफ्नो विचार र सोचाईलाई प्रस्तावको रुपमा लिएर सन् १४८५ मा कोलम्बस पोर्चुगलका राजाकहाँ गए । पोर्चुगलका राजाले उनको प्रस्तावलाई मानेनन् ।

क्रिष्टोफर कोलम्बस जसले अमेरिका पत्ता लगाएका थिए
क्रिष्टोफर कोलम्बस जसले अमेरिका पत्ता लगाएका थिए

यसरी पत्ता लाग्यो पुरै अमेरिका
तर स्पेनका अधिकारीहरुले कोलम्बसलाई स्पेनका राजाकहाँ पुर्याए । स्पेनका राजाले पश्चिमबाट पूर्वमा व्यापार विस्तार गर्न कोलम्बसलाई आर्थिक सहायता दिने भए । समुन्द्रमा १२ हजार किलोमिटर यात्रा गरेर पूर्व जान कोलम्बसका कयौं साथीहरु डराए । कोलम्बस त्यतिकै डराउनेवाला भने थिएनन् । त्यसमा झन् उनलाई स्पेनका राजाको साथ समेत थियो ।

केही साथीहरुको साथमा कोलम्बसले पूर्वको सामुन्द्रिक यात्रा सुरु गरे । तत्कालिन रुपमा भारत उनीहरुको गन्तव्य बन्यो । सन् १४९२ को अगस्त ३ का दिन कोलम्बसको समूहले मालोसबाट पानी जहाज चढेर यात्रा सुरु गर्यो । दर्जनौं जहाज सहित यात्रा सुरु गरेका उनीहरुमध्ये क्रिष्टोफर कोलम्बस ‘सेन्ट मारिया‘ नामको जहाजमा बसे, जुन जहाजको चालक उनी आफैं थिए ।

कोलम्बसले अमेरिका पत्ता लगाउन प्रयोग गरेको पानी जहाज
कोलम्बसले अमेरिका पत्ता लगाउन प्रयोग गरेको पानी जहाज

३३ दिनसम्म पानी नै पानीमा यात्रा गर्दा कोलम्बसका साथिहरुमा अत्यास लागेर समेत आयो । माथि आकास तल पानी मात्रै कहिलेसम्म यात्रा गर्नुपर्ने हो केही टुंगो नलाग्दा उनका साथीहरु आत्तिएर उतै फिर्ता हुने समेत भन्न थाले । कोलम्बस भने कहिले भारत भेटिएला भनेर टाढा टाढा हेर्न थाले । पानीमा यात्रा सुरु गरेको ३४औं दिनमा उनीहरुले एउटा तट भेट्टाए ।

अक्टुवर १२ का दिन उनीहरुले बल्ल जमिनमा टेके । कोलम्बसको समूह भारत भेटियो भनेर खुशी भए तर उनीहरुको त्यो खुशी एकैछिन पनि रहेन । त्यस टापुमा भेटिएका मानिसहरुको रहन सहन र भेषभूषा हेर्दा र अनुभव गर्दा उनीहरु पूर्वतिरका जस्ता नभएर युरोपकै मानिसहरुसँग मिल्दो जुल्दो पो देखिए ।

बुझ्दै जाँदा उनीहरुले भारत भेटियो भनेर जहाजबाट उत्रिएको टापु भारतको कुनै भूगोल नभएर उत्तर अमेरिकाको ‘वहामा दिप’ पो रहेछ । त्यो एउटा दिप अर्थात टापु थियो पछि त्यसको नाम ‘वहामा’ पनि कोलम्बसले नै राखेका हुन् । ‘वहामा’ दिपका मानिसहरुले कोलम्बसको समूहलाई धेरै राम्रो स्वागत सत्कार गरेर राखे ।

क्रिष्टोफर कोलम्बस
क्रिष्टोफर कोलम्बस

उनीहरुको स्वागत र सम्मान यतिसम्म थियो कि त्यो स्वागत सत्कार र अतिथ्यतामा रमाएर कोलम्बसले भारत आउने आफ्नो लक्ष समेत भुले । कोलम्बसले भारत आउने काममा असफलता पाएसँगै अर्को सिङ्गै महादेश नै पत्ता लगाएर संसारलाई आश्चार्य चकित बनाइदिएका थिए । उनीहरुले अर्को तथ्य पनि पत्ता लगाए कि ५ हप्तासम्म पानीमा यात्रा गर्दा पृथ्वीको अर्को भागमा समेत पुगिन्छ भन्ने ।

कोलम्बसको नामबाट रहन गयो यो देशको नाम
पृथ्वीको सिङ्गै आधा भूभाग अर्थात उत्तर र दक्षिण अमेरिका नै कोलम्बसले पत्ता लगाए । भारत आउने असफलतासँगै कोलम्बसले अमेरिका पत्ता लगाउने सफलता प्राप्त गरे । उता पनि युरोपको व्यापार त हुने नै भयो । यसरी हेर्दा सिङ्गै अमेरिकाको नाम नै कोलम्बसको नामबाट नामकरण हुनुपर्ने हो तर पछि गएर त्यसो हुन सकेन । एउटा सानो भूगोल अर्थात देशको नाम भने कोलम्बसको नामबाट रहन गयो जुन देशको नाम हो, कोलम्बिया ।