बाग्मती । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सत्तामा टिक्नकै लागि पार्टी परिवर्तन नगर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
शुक्रबार मकवानपुरमा आयोजित कार्यक्रममा पद जोगाउन पार्टी परिवर्तन नगर्ने र नेकपा एमालेमै रमाउने बताइन् ।
उनले भनिन्, ‘मुख्यमन्त्री पद जोगाउनकै लागि म पार्टी परिवर्तन गर्दिन । एमाले पार्टीको विभिन्न जिम्मेवारीमा बसेर काम गरिसकेको हुनाले दल परिर्वतन गर्ने मनस्थितिमा छैन र सरकार ढल्छ भन्ने पनि चिन्ता छैन ।’
उनले पद पाएपनि नपाएपनि एमालेमै रहेर रमाउने प्रतिवद्धता जाहेर गरिन् । अब, एमालेमै रहेर फरक मतका साथ वैचारिक संघर्ष गरिरहेने पनि उनले बताइन् ।
वि.स.२०२८ सालदेखि एमालेमा रहेर नैतिकताको राजनीतिक गरेको पनि उनले बताइन् । आफूले पद र सत्ताको लागि राजनीति नगरेको र एमाले फुटको पक्षमा नरहेको पनि स्पष्ट पारिन् ।
माधवकुमार नेपालनिकट शाक्यले नयाँ पार्टी खोलदै गर्दा नेपाललाई आफूले स्पष्ट रुपले हस्ताक्षर नगर्ने जवाफ दिएको पनि बताइन् ।