• फाल्गुन २८ २०८२, बिहीबार

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा मन्त्रिपरिषद् विस्तार

भाद्र ११ २०७८, शुक्रबार

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले लछुमन तिवारीलाई उद्योग वन पर्यटन तथा वातावरण मन्त्री र बलबहादुर साम्सुहाङलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शुक्रबार नै पद तथा गोपनीयताको सपथ गराएका छन्।

मन्त्रिमण्डल विस्तारका लागि शुक्रबार दिनभर छलफल भएको थियो ।