कन्फुसियस चीनका महान विचारक तथा दार्शनिक थिए । उनको जन्म इपू (५५१–४७९) मा भएको हो । नेपालमा गौतम बुद्धले नयाँ विचार खोजी गरिरहेका बेला चीनमा पनि एक धार्मिक सुधारकको जन्म भएको थियो । उनी थिए कन्फुसियस । त्यतिबेला चीनमा चाऊ वंशको शासन थियो । चाऊ शासकहरु कमजोर भएकाले चीनमा विभिन्न साना राज्यहरू बढेका थिए । र उनीहरु आपसमा लडाईं झगडा गरिरहन्थे ।
लडाईं झगडाबाट चिनियाँ जनताले ठूलो कष्ट झमेला झेल्नुपरेको थियो । यसैबेला चिनियाँ जनतालाई नैतिकताको पाठ पढाउन महात्मा कन्फुसियसको जन्म भयो । यिनको जन्म जिसस क्राइस्टको जन्मको करीब ५० वर्ष पहले चीनको सानतुङ्ग प्रदेशमा भएको थियो । यिनको बाल्यकालको नाम कुङ फू च्चू थियो । उनको ज्ञानको आकांक्षा असीम थियो । तर बाल्यकालमा नै पिताको मृत्यु भएका कारण ज्ञान आर्जन गर्न यिनलाई एकदमै कठिन परेको थियो ।
१७ वर्षको उमेरमा नै यिनले एउटा सरकारी नोकरी पाएका थिए तर आफूमा भएको ज्ञान तथा दर्शनको कारण यिनी यो नोकरीमा धेरै समय रमाउन सकेनन् । यिनले यो नोकरी छोडेर शिक्षण कार्यमा लागे । घरमै विद्यालय खोलेर विद्यार्थीलाई पढाउन थाले । यिनले मुख्यगरी इतिहास काव्य र नीतिशास्त्रको शिक्षा दिन्थे । यिनले काव्य, इतिहास, संगीत र नीतिशास्त्रमा पुस्तकहरू पनि लेखेका थिए ।
५३ वर्षको उमेरमा यिनी राज्यमा एक शहरको शासनकर्ता तथा पछाडी मन्त्री पदमा नियुक्त भए । मन्त्री भएपछि यिनले अपराधीलाई दण्ड दिनुको सट्टा उसको चरित्र सुधार गर्ने तर्फ जोड दिए । कन्फुशियसले आफ्ना शिष्यहरूलाई सत्य, प्रेम र न्यायको सन्देश दिए । यिनी सदाचारमा अधिक जोड दिन्थे र मानिसलाई विनयी, परोपकारी र चरित्रवान बन्ने प्रेरणा दिन्थे । अग्रज तथा बृद्धहरूलाई आदर र सम्मान गर्न सिकाउँथे । उनी भन्थे अरूलाई त्यस्तो व्यवहार नगर जुन तिमी आफूलाई गर्न सक्दैनौं ।
चीनका महान दार्शनिक र विचारक कन्फ्यूसियसको जन्म ५५१ ईसापूर्वमा चीनको पूर्वी प्रान्त शानडोग (शान तुंग)को क्यूफू (छ्वी फू) शहरमा भएको थियो । भारतमा त्यस बेला भगवान महावीर शाक्यमुनी बुद्धको विचारको प्रभाव थियो । महावीर जस्तै कन्फ्यूसियसले राजनीतिमा चाख देखाएका थिए । कन्फ्यूशियसलाई एक राजनीतिज्ञ विचारक भन्दा धेरै एक धार्मिक विचारक पनि मानिन्छ । ओशो रजनीश भन्थे कि कन्फ्यूसियसको नीतिवादी विचार धेरै प्रभावी सिद्ध भयो । समयको केहि अन्तरमा कन्फ्यूशियस (लाओत्से तुंग, सुकरात, महावीर र शाक्मुनी बुद्धको समकालीन थिए ।
कन्फ्यूशियसले यसै समयमा जन्म लिए जबकि चीनको शक्ति कमजोर भएको थियो र त्यस समय कमजोर झोऊ राजवंशको आधिपत्य थियो । त्यस बखतमा कन्फ्यूसियसको दार्शनिक विचारहरूको साथ नै उनको राजनीतिक र नैतिक विचारहरूले चीनमा मान्छेहरूमा राम्रो प्रभाव पार्यो । यसै अनुसार केहि समय राजनीतिमा पनि बिताए ।
वास्तवमा कन्फ्यूशियस एक सुधारक थिए । कन्फ्यूशियसको विचारलाई अहिले विभिन्न सञ्चार सम्बन्धि तालिमहरूमा पनि प्रयोग गरिन्छ । उनी भन्थे जे कुरा सुन्छु त्यसलाई बिर्सन्छु केवल २० प्रतिशत सम्झन्छु । जब देख्छु सम्झन्छु ४० प्रतिशत मात्रै सफल हुन्छु जब अभ्यासमा लाग्छु ८० प्रतिशत सफल हुन्छु । कन्फ्यूशियसले स्वःअनुशासन, राम्रो जीवनचर्या र परिवारमा सामनजस्यतामा जोर दिएका थिए ।
उनको शिक्षाहरूको आज पनि चीनमा केहिले पालन गर्छन् । यी दार्शनिकको नामले चीनको सरकार एक शान्ति पुरस्कार पनि प्रदान गर्छन् । कन्फ्यूशियसको शहरमा आज भोली पनि उनको स्मारक, मन्दिर र भवन समेत कैयौँ घरहरु छन् । यिनी चीनको साँस्कृतिक धरोहर हुन्, जसलाई यूनेस्कोले विश्व धरोहरको सूचीमा समावेस गरेको छ ।
कन्फुसियस धर्म प्रचारक नभई एक समाज सुधारक थिए । यिनले इश्वरको बारेमा कहिल्यै कुनै उपदेश दिएको पाइँदैन । तर पछि गएर मानिसहरूले उनलाई नै धर्मगुरु मान्न थाले । यिनको मृत्यू इशापूर्व ४८० मा भयो । कन्फुसियसको समाज सुधारक उपदेशका कारण चिनीयाँ समाजमा एक स्थिरता आयो । यिनको दर्शन शास्त्र आज पनि चिनियाँ शिक्षामा पथ प्रदर्शक बनेको छ ।