• फाल्गुन २८ २०८२, बिहीबार

कसैलाई पराजित गर्न म सभापति बन्न खोजेको होइन : विमलेन्द्र निधि

भाद्र ११ २०७८, शुक्रबार

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफू कसैलाई पराजित गर्न पार्टी सभापति हुन नखोजेको बताएका छन् । शुक्रबार काठमाडौंको बानेश्वरमा सम्पर्क कार्यालय उद्घाटन समारोह सम्बोधनका क्रममा नेता निधिले आफू कसैलाई हराउनका लागि सभापतिको उम्मेदवार बन्न नलागेको बताए।

‘म कसैलाई पराजित गर्न, कसैलाई अक्षम घोषित गर्न, कसैलाई रिटायर गर्न सभापति बन्न खोजेको होइन’, उनले भने, ‘नेपाली कांग्रेसलाई बलियो बनाउन, रुख छापलाई जनतासँग, मतदातासँग जोड्न सभापति बन्न लागेको हो।’

आफ्नो लक्ष्य आगामी चुनावमा सबै तहमा कांग्रेसलाई बहुमत दिलाउनु भएको उनको भनाइ छ।