• मंसिर १२ २०८१, बुधबार

काबुल विस्फोट परेर ज्यान गुमाउनेको संख्या १ सय नाघ्यो

भाद्र ११ २०७८, शुक्रबार

अफगानिस्तानको काबुल विमानस्थलमा भएको बम विस्फोटको घटनामा परेर ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । अफगानिस्तानको स्वास्थ मन्त्रालयका अनुसार ९० जनाभन्दा धेरैको ज्यान गइसकेको छ । त्यसैगरी, १३ जना अमेरिकी सैनिक मारिएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ ।

कमाण्डका अनुसार १८ जना अमेरिकी सैनिक घाइते छन् । घटनामा घाइते हुनको कुल संख्या १ सय ५० भन्दा धेरै रहेको अफगानी स्वास्थ मन्त्रालयले जनाएको छ । ३१ अगस्टको समयसीमा सकिन लागेका बेला अमेरिका र अन्य देशहरुले आफ्ना नागरिकलाई अफगानिस्तानबाट निकाल्ने कार्य तिव्र गरिरहेका थिए, यही क्रममा बिहीबार विमानस्थलमा बिस्फोट भएको हो ।

घटनाको जिम्मेवारी आईएसआईएस–केले लिएको छ ।