• फाल्गुन २८ २०८२, बिहीबार

चाक्सीबारीमा पौडेल समूहको छलफल जारी

भाद्र ११ २०७८, शुक्रबार

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आन्तरिक छलफलमा जुटेको छ । ठमेलस्थित सिंह निवासमा शुक्रबार बिहानैबाट पौडेल समूहको बैठक बसेको हो ।

छलफलमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, कोषाध्यक्ष सितादेवी यादव, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी, रामशरण महत, नेताहरु बलबहादुर केसी, शेखर कोइराला, दिलेन्द्र बडू र मिनेन्द्र रिजाल सहभागी छन् । महाधिवेशनको मिति नजिकिएसँगै पौडेल समूहले छलफललाई तीव्रता दिएको हो ।