• मंसिर १२ २०८१, बुधबार

तातो पानीमा कागती कति लाभदायक ?

भाद्र १० २०७८, बिहीबार

बिहान खाली पेटमा मनतातो पानी पिउने बानी धेरैको हुन्छ । अहिले स्वास्थ्यप्रति सचेत हुनेहरु तातो कागती पानी पिउने गर्दछ्न् । तातो पानीमा कागती खानु निकै लाभदायक हुन्छ ।

१. तातो पानीमा कागतीको रस मिसाएर पिउने गर्नाले पेट राम्ररी सफा हुन्छ । कब्जियत पनि हुँदैन ।

२. बिहान खाली पेटमा कागती पानी पिउदा बढ्दो मोटोपन पनि नियन्त्रण हुन्छ । तौल घट्छ ।

३. पाचन तन्त्रलाई फाइदा गर्छ । पाचन क्रिया राम्रो बनाउन कागती पानीको सेवन गर्नु पर्दछ । यसले पेटको समस्या पनि हट्छ ।

४. तातो कागती पानी सेवन गर्दा शरीरको भित्री सफाई हुन्छ र हानिकारक तत्व शरीरबाट बाहिर निस्कन्छ । यसले प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

५. मुख र सासको गन्ध हट्छ । यसमा रहेको भिटामिन सि ले निकै फाइदा पुग्छ ।