• मंसिर १२ २०८१, बुधबार

बेलायतबाट काठमाडौं आइपुग्यो १ लाख ३० हजार डोज खोप

भाद्र १० २०७८, बिहीबार

काठमाडौं । बेलायतले नेपाललाई दिएको कोरोनाविरुद्धको १ लाख ३० हजार डोज खोप बिहीबार काठमाडौं आइपुगेको छ ।

काठमाडौंस्थित बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ दिपेन्द्ररमण सिंहलाई सो खोप हस्तान्तरण गरेकी छन् ।

बेलायतले एस्ट्राजेनेकाको सो खोप उपलब्ध गराएको हो ।

राजदूत पोलिटले सो खोपबाट अग्रगमनमा खटिनेहरु लाभ्वान्वित हुने विश्वास व्यक्त गरेकी छन् । खोप सहयोगका लागि नेपाल सरकारले बेलायतलाई धन्यावाद दिएको छ ।