काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्र ढाल्न सकिन्न भन्नेहरु अहिले नयाँ पार्टी चल्दैन भनेर हिंडिरहेको बताएका छन् । नयाँ दलले मान्यता पाएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
“यस्ता चुनौती पटक पटक सामना गरेका छौँ । बाधा अवरोध पन्छाएका छौँ । अहिले पनि त्यस्तै छ,” उनले भने, “नेपालमा राजतन्त्र ढाल्न सकिन्न भन्नेले नयाँ पार्टीले चल्दैन भन्दैछन्’ उनले भने ।
उनले तत्कालीन कम्युनिष्ट पार्टीका महासचिव केशरजंग रायमाझीले दक्षिपन्थी बाटो समात्दा पनि विद्रोह गरेर अघि बढेको बताए।
केशरजंग रायमाझीले दक्षिपन्थी बाटो समात्नुभयो । त्यसबेला विद्रोह गरे केही गर्न सकिन्न भन्नेहरु थिए । केही त्यसैमा विलिन भए ।’उनले भने, पुष्पलालजस्ता व्यक्तिले विद्रोह गरेर पार्टी गठन गर्नुभयो । नेतृत्व गर्नुभयो । पुष्पलालले विद्रोह गरेको पार्टीमा हामीहरु धेरै रहेका थियौँ ।”