काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू जिम्मेवारी हस्तान्तरणका लागि तयार भएको बताएका छन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने बताउदै महाधिवेशनसम्मका लागि कसैले आफूलाई चुनौती दिइनहालेको समेत बताए । उनले भने, ‘म अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा छु ।’