काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यहरुको सूची तत्काल सार्वजनिक गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । बुधबार आन्दोलित जिल्ल सभापतिहरूलाई सम्बोधन गर्दै पौडेलले क्रियाशील सदस्यको सूची हेर्न पाउनुपर्ने भन्दै आन्दोलित जिल्ला सभापतिहरूको माग तत्काल सम्बोधन हुनुपर्ने बताए ।
‘क्रियाशीलहरुको सूची टुंग्याएर तत्काल सार्वजनिक गर्नुपर्छ । त्यो सूची सबैले हेर्न पाउनुपर्याे । छुटेको भए सच्याउन पाउनुपर्याे’ उनले भने ।
क्रियाशील सदस्यता विवाद समाधान समितिले गरेको निर्णय कार्यान्वयन गरे कुनै विवाद नहुने उनको भनाइ छ।
क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूले मंगलबारदेखि धर्ना थालेका छन् ।