• मंसिर १२ २०८१, बुधबार

थप २ हजार ४८२ जनामा कोरोना सङ्क्रमण, ४४ को मृत्यु

भाद्र ९ २०७८, बुधबार

काठमाडौं ।देशभर पछिल्लो २४ घण्टामा २ हजार ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी जम्मा २,४८२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १,७८१ जना संक्रमणमुक्त भएका छन् भने ४४ जनाको मृत्यु भएको छ ।