• फाल्गुन २८ २०८२, बिहीबार

नेकपा एकीकृत समाजवादीमा एमालेका २९ सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत

भाद्र ९ २०७८, बुधबार

काठमाडौँ। माधव कुमारनेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा एमालेका २९ सांसद र ५५ केन्द्रीय सदस्यले आफ्नो हस्ताक्षर सनाखत गराएका छन्।

उनीहरुले बुधबार निर्वाचन आयोगमा पुगेर आफ्नो हस्ताक्षर सनाखत गराएका हुन् ।

दर्ताका लागि दिइएको निवेदनमा हस्ताक्षर नगरेकाहरुलाई आयोगले सनाखतमा सहभागी गराएको छैन। जसका कारण नेताहरु झलनाथ खनाल, सोमप्रसाद पाण्डेलगायत केही छुटेका छन्। यस विषयमा प्रमुख निर्वाचन आयुक्तसँग नेपाल समूहको छलफल चलिरहेको छ ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत सदस्य पुर्‍याएर पार्टी विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले औपचारिक विभाजन भएको हो।