काठमाडौँ। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका १४ जना सांसद र कार्यकारी समितिका १७ जनाले हस्ताक्षर प्रमाणीकरण गरेका छन् ।
निर्वाचन आयोगले दिएको समयसीमाभित्रै आयोग परिसरमा सशरीर उपस्थित भएर नयाँ दल दर्ताका लागि समाजवादीका सांसद र केन्द्रीय कार्यकारिणी सदस्यले हस्ताक्षर प्रमाणीकरण गरेका हुन ।
सनाखतपछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो दलले वैधता पाएको जानकारी दिए ।
१४ जनाले सनाखत गरेसँगै ठाकुर नेतृत्वको लोसपा दर्ता हुने भएको छ। केही समयअघि जारी भएको अध्यादेशअनुसार कुनै दल विभाजन हुन केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत बहुमत पुग्ने व्यवस्था छ।