• फाल्गुन २८ २०८२, बिहीबार

सनाखतका लागि निर्वाचन आयोग पुगे माधव नेपालसहितका नेताहरु

भाद्र ९ २०७८, बुधबार

काठमाडौं । नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निवेदन दिएका नेकपा एमालेका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् ।

माधवकुमार नेपाल लगायतका नेताहरु केहीबेरअघि आयोग पुगेका हुन् । आयोगले सनाखतका लागि बिहान साढे ११ बजेदेखि २ बजेसम्म समय तोकेको छ ।

यसअघि दुई दिनसम्म नेकपा (एकीकृत समाजवादी) का नेताहरु चन्द्रागिरिमा छलफलमा जुटेका थिए ।

यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि पार्टी दर्ता प्रक्रियाको लागि बोलाएको छ।