काठमाडौँ। प्रमुख प्रतिपक्ष नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा केहीबेर अघि बैठक बैठक शुरु भएको हो।
बैठकमा पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ नदिएका नेताहरु पनि सहभागी भएका छन् । त्यसअघि नेता नेपालको पक्षमा रहेको नेताहरु भीम रावल, अमृत बोहरा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त आठ महिनापछि आजको बैठकमा गएका हुन् ।
हिजो अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोटमा भेट्न पुगेका उनीहरुले पार्टी विवाद समाधानका लागि गठन भएको कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव अनुसार पार्टीलाई एक बनाउनुपर्नेमा जोड दिएका थिए । अध्यक्ष ओलीले १० बुँदे प्रस्ताव कार्यान्वयनमा गइसकेको र बाँकी छलफल गर्नुपर्ने भन्दै आजको लागि स्थायी कमिटी बैठक बोलाएका थिए ।