• चैत्र २८ २०८१, शुक्रबार

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई संसदीय समितिको निर्देशन

भाद्र ८ २०७८, मंगलवार

काठमाडौँ। कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा नै गर्न सरकारलाई संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ ।

मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य सुरक्षाको मापदण्ड कडाईका साथ पालना गरी भौतिक उपस्थितिमा नै परीक्षा गराउन निर्देशन दिएको हो ।

समितिका सभापति जयपुरी घर्तीले अन्य कक्षा तथा विश्वविद्यालय स्तरका परीक्षाहरु सञ्चालन भइरहेको जनाउँदै कक्षा १२ को परीक्षा पनि गराउन निर्देशन दिएकी हुन् ।

बैठकमा उपस्थित समितिका सदस्यहरुले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीचको समन्वयमा तत्काल परीक्षा गराउनुपर्नेमा जोड दिएका छन् । जनस्वास्थ्यका मापदण्ड पालना गरी परीक्षा गर्नुपर्ने उनीहरुको भनाई छ ।

कोरोना संक्रमणदर बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)को सिफारीसमा गत साउन २३ गते राष्ट्रिय परीक्षा बोर्डले १२ को परीक्षा अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरेको थियो ।