• फाल्गुन २८ २०८२, बिहीबार

क्रियाशील सदस्यहरूकाे नामावली सार्वजनिक गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरुको धर्ना

भाद्र ८ २०७८, मंगलवार

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न माग गर्दै उनीहरुले आज (मंगलबार) बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका हुन् । यसरी धर्ना दिनेमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरु रहेका स्रोतले जनाएको छ।

लामो समय विवाद भएको क्रियाशील सदस्यहरुको नामावली बल्लतल्ल टुंगो लागेको छ । सो नामावली पार्टीको वेबसाइटबाट सार्वजनिक गरिनुपर्ने जिल्ला सभापतिहरुको उम्मेदवारी एकरुपता हुनुपर्ने र सच्याउने मौका दिनुपर्ने लगायतका मागहरु राखेर आज धर्ना दिइएको बताइएको छ ।

क्रियाशील सदस्यता पारदर्शी नभएकाले आन्दोलनमा उत्रिनु परेको उनीहरुको भनाइ छ।