काठमाडौँ। सत्तारूढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै संघका महामन्त्री बलदेव तिमल्सिनाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् ।’कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्तालाई थप पीडा दिने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति घोर भत्र्सना गर्दछु,’ विज्ञप्तिमा भनिएको छ। “आहतमा बेला राहत दिनुपर्नेमा कर र कमिसनमा लिप्त निगम जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको छ ।”
यस्तै अखिल (क्रान्तिकारी) ले पनि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको छ। क्रान्तिकारीका तर्फबाट अध्यक्ष हरिकृष्ण गजुरेलले आज जारी गरेको विज्ञप्तिमा मूल्यवृद्धि अविलम्ब फिर्ता लिन नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग आग्रह गरिएको छ। अन्यथा मूल्यवृद्धि विरुद्ध सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी पनि दिइएको छ।
नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन ९आन्तरिक तर्फ०मा प्रतिलिटर २–२ रुपैयाँको दरले र हवाइ इन्धनमा १६ अमेरिकी डलर प्रतिकिलोलिटर र खाना पकाउने एल.पी. ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मूल्य बढाएको थियो ।