काठमाडौँ। नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य मंगलबार तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ रहेको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।