काठमाडौं । फेरी पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो ।
निगमले डिजेल, पेट्रोल, मट्टीतेल, खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले बढेको छ ।
मूल्य वृद्धिसंगै अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कायम भएको छ । एसपी ग्यास प्रति सिलिन्डर २५ रुपैयाँ बढाएर १ हजार ४५० कायम गरिएको छ ।