• फाल्गुन २८ २०८२, बिहीबार

प्रचण्ड र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

भाद्र ७ २०७८, सोमबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भेट्वार्तामा नेपाल–भारत सम्बन्ध र दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको प्रचण्डको स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिइन् ।

भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए।