काठमाडौँ। प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का माधकुमार नेपाल पक्षीय नेताहरु चन्द्रागिरि रिसोर्टमा पुगेका छन् ।
बुधबार पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला माधवकुमार नेपाल आफूनिकट नेताहरुसँग छलफल गर्न चन्द्रागिरी रिसोर्ट गएका हुन् ।
रिसोर्टमा पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल हुने नेपाल निकट स्रोतले जनाएको छ ।
सोमबार र मंगलबार चन्द्रागिरिमै छलफल गर्ने र मंगलबार त्यहाँबाट सिधै निर्वाचन आयोग जाने बताइएको छ । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यहरुको सनाखतका लागि भदौ ९ गते मंगलबार आयोगमा बोलाएको छ ।