• फाल्गुन २८ २०८२, बिहीबार

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

भाद्र ७ २०७८, सोमबार

काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन्।

सोमबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत प्राप्त गरेका हुन् ।

सभामुख पूर्णबहादुर घर्तीका अनुसार केसीले ४२ मत पाएका छन् भने विपक्षमा शून्य मत खसेको छ । एक जना तटस्थ बसेका छन् । मतदानमा ४३ सांसद सहभागि भएका थिए ।

प्रदेश सभामा ८० जना सांसद छन्। नेकपा माओवादी केन्द्रका केसीलाई माओवादी, नेपाली कांग्रेस, जसपाका सांसदको साथ छ।