• बैशाख ९ २०८२, मंगलवार

तालिवान लडाकु पन्जशीर प्रस्थान : गृहयुद्धको संकेत !

भाद्र ७ २०७८, सोमबार

काठमाडौं । ‘पन्जशीर विद्रोह’ दबाउनका लागि काबुलमा सत्तारुढ तालिवानका सैयौं लडाकु त्यसतर्फ प्रस्थान गरेका छन् । पन्जशीर राजधानी सहर काबुलको उत्तरतिर रहेको उपत्यका हो ।

तालिवान विरोधी गढ मानिएको उक्त पञ्जशीर उपत्यकामा पूर्व मुजामहिद्दिन कमाण्डर अहमद शाह मसुदका छोरा अहमद मसुदले आफूहरु त्यही उपत्यकामा रहेको र तालिवानको ताकत भए त्यहाँ आएर देखाउन चतुनौती दिएका थिए । काबुलमा सत्तारुढभएसँगै आफ्नै देशभित्रबाट आएको यो तालिवानका लागि गम्भीर प्रकारको चुनौती थियो ।

पन्जशीर उपत्यकामा आफ्ना लडाकुहरु प्रस्थान गर्नु अघि काबुल सरकारले उनीहरुलाई आत्मसमर्पण गरेर शान्तिपूर्ण राजनीतिमा आउन आह्वान गरेको थियो । तर उक्त आह्वान अहमद मसुद र उनका समर्थकहरुले अस्वीकार गरेलगत्तै सत्तारुढ तालिवानले आफ्ना ‘सयौं’ लडाकु पन्जशीर उपत्यकातर्फ पठाएको छ ।

काबुलमा सत्तारुढ भए पनि अफगानिस्तानका केही क्षेत्रहरु केन्द्रीय सत्ताको मातहतमा छैनन् । त्यसो त अफगानिस्तानमा विभिन्न धार्मिक समूहहरु क्रियाशील छन् र ती समूहहरु सशस्त्र अवस्थामा पनि रहने गरेका छन् ।

मूलतः इस्लामिक धर्मबाट नियन्त्रित हुने अफ्गानिस्तानभित्र विविध धर्म संप्रदाय रहने गरेका छन् । तिनीहरु एकले अर्काको सांस्कृतिक तथा साामाजिक मान्यता अस्वीकार गर्ने गर्दछन् ।

विश्वमा सबैको चासोको रुपमा रहेको यो घटना कसरी अन्त्य हुन्छ हेर्न बाँकी छ । तर अफगानिस्तान यसै गरी गृहयुद्धतर्फ धकेलिने त होइन भन्ने जिज्ञासा भने आम बन्दै गैरहेको छ ।

अधिकारकर्मी तथा मानवअधिकारवादीहरुले दमन नगर्न भनी चर्को आवाज उठाउन थालेपछि सोको स्पष्टिकरणका लागि तालिबानले आफ्नो ट्विटरमार्फत् पञ्जशीर विद्रोह दमनका बारेमा मुख खोलेको छ । एक आधिकारिक ट्वीटरमा ट्विट गर्दै भनिएको छ– ‘स्थानीय अधिकारीले’ शान्तिपूर्ण रूपमा पन्जशीर प्रान्त हस्तान्तरण गर्न अस्वीकार गरेपछि इस्लामिक इमिरेट्सका सयौँ मुजाहिद्दिन उक्त उपत्यका नियन्त्रणमा लिन गएका छन् ।’

अर्कोतर्फ मसुदले आफ्नो नेतृत्वमा नौ हजार बढीको सशस्त्र समूह तालिबानविरुद्ध लड्नका तयार पारेको घोषणा गरेका छन् । ती सशस्त्र समूहलाई अफगान रक्षाका लागि तयार पारिएको भनिएको छ । यो घटना रक्तपातपूर्ण हुने र टुंगो नलाग्ने हो भने आगामी दिनमा तालिवान विरोधी विद्रोह बढ्न सक्ने धेरैको अनुमान छ ।

(एजेन्सीको सहयोगमा)