काठमाडौँ। । नेकपा एमालेले मंगलबार स्थायी कमिटी बैठक बोलाएको छ । बैठक भोलि बिहान ११ बजे बस्ने गरी बोलाइएको हो।
आज एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको एमालेको तेस्रो धारको नेताहरुसँगको छलफलपछि बैठक बोलाइएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको र त्यसअनुसार नै भोलिको बैठक बोलाइएको उनले बताए ।
भोलिको बैठकमा एकताका पक्षधर नेताहरु पनि सहभागी हुने बताइएको छ । ज्ञवालीका अनुसार भोलिको बैठकबाट दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने सम्भावना छ ।