• फाल्गुन २८ २०८२, बिहीबार

सभामुखलाई दिएको धम्की प्रति सत्तारुढ गठबन्धनको आपत्ति

भाद्र ७ २०७८, सोमबार

काठमाडौँ। प्रमुख विपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै सत्तारुढ गठबन्धनले आपत्ति जनाएको छ ।

सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, राष्टिय जनमोर्चा र माधव नेपाल पक्षीय नेता जीवनराम श्रेष्ठले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।

‘नेपालको संबैधानिक व्यवस्था अनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै संघीय संसदको संरक्षक पनि होु, वक्तव्यमा भनिएको छ,’सभामुख विरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध हुन्।’

एमालेका सांसदले बिहीबार सभामुखलाई कार्यकक्षमै भेटेर र फोन गरेर कारबाहीको सूचना टाँस गर्न दबाब दिएका थिए भने अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमबाटै सभामुखलाई ताेकर सदन चल्न नदिने बताएका थिए।