काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक नेपाल एसवीआई मर्चेन्ट बैंकिङ एनण्ड फाइनान्सले सोमबार लघुवित्तको आईपीओ बाँडफाँट गरेको हो ।
कुल ३६ हजार ८५९ जना सर्वसाधारणले गोलाप्रथामार्फत सेयर हात पारेका छन् । जसमध्ये ३ जनाले ११ कित्ता र ३६ हजार ८५६ जनाले १० कित्ता सेयर पाएका छन्।
मानुषीको आईपीओमा कुल २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएकामा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ। रितपूर्वक आवेदन दिएका २३ लाख ५४ हजार ७८४ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो।
लघुवित्तले यही साउन २७ गतेदेखि ३१ गतेसम्म कुल ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५ हजार ४६९ कित्ता कर्मचारीलाई र जारी पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुलाएको थियो ।
मानुषी लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ।