काठमाडौँ। । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद र १४औं महाधिवेशनलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु छलफलमा जुटेकाे छन् । काठमाडौंको एक होटलमा जारी छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु शेखर कोइराला, अर्जुन नरसिंह केसीलगायतका नेताहरु सहभागी छन् ।
आजको बैठकमा आगामी महाधिवेशनलगायत साझा उम्मेदवार बनाउने विषयमा पनि छलफल हुने बताइएको छ।
लामोसमय देखि चलिरहेको कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद अझै टुंगिन नसक्दा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका समेत पटक-पटक संशोधन गरिएको छ । पछिल्लोपटक कांग्रेसले मंसिर ९-१३ सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।