• मंसिर ७ २०८१, शुक्रबार

गोरेकाँडा लेखमा बन्यो साँस्कृतिक महत्वको मन्दिर

भाद्र ६ २०७८, आईतवार

कालिकोट । खाँडाचक्र नगरपालिका वडा नं ११ को गोरेकाँडा लेखको टापुमा कालिकोट जिल्लाकै उत्कृष्ट मन्दिर निर्माण भएको छ । साउने पुनी चतुर्दशीका दिन दूर्गा भुवानीको पूजा गर्ने दिनको अवसर पारी २०७८–०५–५ गते वडा नं ११ का वडाअध्यक्ष पुष्पराज गिरीले कार्यक्रमको समुद्घाटन गर्नु भएको छ ।

खाँडाचक्र नगरपालिकाको वडा नं ११ कै आर्थिक सहयोगमा गोरेकाँडा दुर्गा भवानी (माई)को मन्दिर २१ लाखमा बनाइएको हो । मन्दिर निर्माणका लागि हरिचन्द्र गिरीको अध्यक्षता मा ५ जनाको समिति गठन गरिएको थियो । यो ठाउँमा मन्दिर बनाउनु पर्ने गाउँलेको माग थियो ।

समितिले पहल गरेको र वडा कार्यालयको आर्थिक सहयोगबाट तीन वर्ष लगाएर आर्थिक वर्ष २०७८र७९ को बजेटले काम सम्पन हुन केही बाँकी रहेको समितिका आवद्धहरुको गुनासो रहेको छ । मन्दिर अझै राम्रो बनाउन केही रकम आवश्यक अर्ने समितिको भनाइ रहेको छ ।

खाँडाचक्र नगरपालिका वडा नं ११ को गोरेकाँडा लेखको टापुमा निर्माण भएको यो मन्दिर धार्मिक र साँस्कृतिक मात्र नभएर पर्यटकीय र दृश्य अवलोकन गर्ने एक केन्द्र पनि बनेको छ । यहाँबाट चारैतिरको घनघोर जंगल, पहाड, वन्यजन्तु हिँड्डुल गरेको र चुली पानीको छहरा देख्न सकिन्छ ।

यहाँ वि.सं १९८६ सालमा गाने गिरीले पूजा गर्न सुरु गरेका थिए । साउने पुनी चतुर्दशी दिन दूर्गा भुवानीको पूजा गर्ने गरेको पाइन्छ । बाघले खोरमै आएर गाई, बाख्रा, जस्ता घरपालुवा जनावरलाई खान थालेपछि पशुहरुको रक्षाको लागि दूर्गा भुवानीको पूजा आजा गर्न सुरु गरिएको बताइन्छ । पूजा गर्न थालेपछि बाघले पनि क्षति गर्न छोडेको भन्ने विश्वास रहेको छ ।

मन्दिर बनेपछि गाउँलेहरु खुसी भएका छन् । पहिले खुला आकाश मुनि ढुङ्गाको थुप्रो लगाएको र त्यसमाथि दूर्गा भुवानीको मूर्ति राखेर गरिन्थ्यो भने अहिले मन्दिर बनेपछि मन्दिरमा पूजा गर्ने गरिएको छ । यो मन्दिर कालिकोटकै अबै सबै भन्दा उत्कृष्ट भएको आएका जात्रु र पाउनाको भनाइ रहेको छ ।