• बैशाख ९ २०८२, मंगलवार

उद्धारमा खटिएको अमेरिकी विमानमा शिशुको जन्म

भाद्र ६ २०७८, आईतवार

काठमाडौँ। एक अफगान महिलाले उद्धारका लागि परिचालन गरिएको अमेरिकी विमानमा बच्चा जन्माएकी छन् । अफगानिस्तानबाट जर्मनी जाँदै गरेको अमेरिकी विमानमा उनले बच्चा जन्माएको यूएस एअर मोबीलीटी कमान्डले जनाएको छ।

ती महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला प्रसव पीडा सुरु भएको र उनको अवस्था जटिल हुँदै गएपछि विमानका कमान्डरले विमानमा हावाको चाप बढाउनका लागि उडानको उचाइ कम गरे जसले गर्दा ती महिलालाई स्थिर बनाउन र आमाको ज्यान बचाउन मद्दत पुग्यो।

जर्मनीमा विमान अवतरण हुने बित्तिकै अमेरिकी सैन्य चिकित्सकहरूको टोली आइपुग्यो र बच्चा जन्माउन सहयोग गर्‍यो ।

बच्चा र आमा दुवैको अवस्था राम्रो रहेको र उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ।

(बीबीसीको सहयोगमा )