पाठक पत्र ।
नेपाल कृषि प्रधान देश हो तर जंगली जनावरले किसानलाई गरी खान नदिने भो । यसरी नै भक्तपुरमा पनि धेरै किसान छन् । तर जंगली जनवार (बँदेलले) सूर्यविनायक नगरपालिका वडा न ७ गुण्डुका किसानहरुको खेतिपाती तहसनहस पारेको छ ।
वर्षभरि पुग्ने अन्न कलिलै दुधेमकै मध्यान्ह, रातको समयमा आएर बँदेलले सबै खाइदिएको छ । खेतिपाती गर्दा पनि जंगली जनवरले गर्न नदिएपछि कसरी जीवन चलाउने ? भनी किसानहरु चिन्तित छन् । जङ्ग्ली जनवारलाई मार्न पनि मिल्दैन, यो वन्यजन्तु हो भनी उनीहरु चिन्तामा छन् । जङ्गली जनवारलाई मारेको खबर कानुन समक्ष पुग्यो भने कानुनले कार्बाही गर्छ ।
तर, यस्तै पारा हो भने अबको १०-११ वर्षपछि बँदेलले मान्छेलाई पनि मार्न सक्छ । स्थानीयका अनुसार बँदेल-सुँगुर-बंगुर जस्तै हो । यसले एक चोटीको बेतमा १२-१५ वर्षमा बच्चा जन्माउँछन् । यही कारण बँदेलको संख्या बढ्दो क्रममा रहेको छ । बँदेलले खेतबारीमा फलेको मकै, पिँडालु, आलु तथा सिमी खाने गर्दछ ।
वर्षभरि पुग्ने किसानको मेहेनतलाई १-२ घन्टामा नै पानीमा बदलिदिन्छ । सूर्यबिनायक वडा न. ७ को किसानी जनताहरुको क्षतिपूर्ती पूर्ण हुन सरकारको पनि ध्यान जाओस् ।
सरिता तामाङ
सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डु, भक्तपुर ।