काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी छ । बैठक ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको हो ।
जारी बैठकले नेताहरूको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारी लगायतका विषयमा छलफल गरिरहेको बताइएको छ।
स्थायी समिति बैठक शनिबार पनि बसेको थियो ।
माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलनको आयोजना गर्ने घोषणा गरेको छ ।