• फाल्गुन २८ २०८२, बिहीबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

भाद्र ६ २०७८, आईतवार

काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

आजको बैठकमा नेताहरुको कार्यविभाजन तथा पुस ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनको तयारीको विषयमा टुंगो लगाइने बताइएको छ।

त्यस्तै माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीको नामको विषयमा पनि छलफल हुने जनाइएको छ ।

स्थायी कमिटी बैठक शनिबार पनि बसेको थियो ।

शनिबार बसेको बैठकले नेकपा एमालेसँग मिलेर बनेको नेकपा विभाजन भएसँगै तल्लो तहसम्मको सांगठानिक संरचना, नेताहरुको कार्यविभाजन, पार्टीको राष्ट्रिय सम्मेलनलगायतका विषयमा छलफल सुरु भएको थियो ।