• बैशाख ९ २०८२, मंगलवार

अफगानिस्तानको केही ठाउँमा तालिबानविरुद्ध प्रदर्शन सुरु

भाद्र ५ २०७८, शनिबार

काठमाडौं । अफगानिस्तानमा तालिबानले सबै ठाउँमा आफ्नो कब्जा जमाएर अब सरकार बनाउने तयारी गरिरहेको बेला अफगानिस्तानको केही ठाउँमा फेरि अफगान सरकारले नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय आएको एक समाचारअनुसार अफगानिस्तानको बगलान प्रान्तका केही ठाउँमा फेरि तालिबान पराजित भएको हो ।

बिबिसीको रिपोर्टअनुसार तालिबानले कब्जा गरेका तीन जिल्ला पाली हिसार, दी सलाह र बानोमा तालिबान पराजित भएको छ ।

अफगानीस्तानका अरु केही ठाउँमा पनि तालिबानविरुद्ध प्रदर्शन सुरु भएका छन् ।