• फाल्गुन २८ २०८२, बिहीबार

कांग्रेस महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म सम्पन्न गर्ने : प्रवक्ता शर्मा

भाद्र ५ २०७८, शनिबार

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म सम्पन्न गर्नेगरी सबै प्रक्रिया अगाडि बढाइएको छ ।

यस अघि कांग्रेसको चौधौं केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्ममा सम्पन्न गर्ने कार्यतालिका तय भएको थियो । तर, काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धका विवादमा सहमति जुट्न नसक्दा पूर्वनिर्धारित समयमा काँग्रेसको महाधिवेशनको कार्यतालिका कार्यान्वयन हुन सकेन ।

काँग्रेसले भदौ १८ गते वडा अधिवेशन सुरु गरेर, भदौ २७ षते गाउँरनगरपालिका अधिवेशन, असोज १ गते प्रदेश क्षेत्र अधिवेशन, असोज ५ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, असोज १० गते जिल्ला अधिवेशन, कार्तिक १० देखि १२ गतेसम्ममा प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने जनाएको हो ।

प्रवक्ता शर्माका अनुसार मशाधिवेशनको परिमार्जित कार्यतालिका अनेरुप नै महाधिवेशन सम्पन्न गर्नेगरी क्रियाशील सदस्यता लगायत विभिन्न प्रक्रियाहरु अगाडि बढेको छ ।