काठमाडौँ। । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजेदेखि बैठक बस्न लागेको हो ।
आजको बैठकमा रिक्त रहेका सबै पदमा पदपूर्ति गर्ने लगायतका विषयमा छलफल गर्ने एजेण्डा रहेको बताइएको छ।
साउन ३१ गते सम्पन्न केन्द्रीय समिति बैठकले सात दिनभित्र रिक्त पदपूर्ति गर्ने जिम्मेवारी स्थायी समितिलाई दिएको थियो ।