काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशमा नयाँ प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छिन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार प्रदेश प्रमुखमा नियुक्त गर्दै केपी ओली सरकारले नियुक्त गरेको विष्णु प्रसाद प्रसाईलाई पदमुक्त गरेकी छिन् ।
राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६३ को उपधारा २ बमोजिम संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको उल्लेख गरिएको छ ।