• फाल्गुन २८ २०८२, बिहीबार

१४ सांसदलाई कारबाहीको दबाब दिन एमाले सांसदहरु सभामुखको कार्यकक्षमा

भाद्र ४ २०७८, शुक्रबार

काठमाडौँ। वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको सूची प्रकाशित गर्न नेकपा एमालेका नेताहरुले दोस्रो दिनपनि सभामुखको सचिवालयमा गएर दबाब दिएका छन् ।

शुक्रबार ओलीपक्षका नेता महेश बस्नेत, खगराज अधिकारी लगायत नेताहरु सभामुख अग्निप्रसाद सापकोटाको सविचालयमा पुगेर नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको सूची प्रकाशित गर्न दबाब दिएका हुन् ।

यसअघि बिहीबार पनि एमाले नेताहरुले सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षमा गएर १४ जना सांसदलाई कारबाही गरेर सूची प्रकाशित गर्न दबाब दिएका थिए।

एमालेले कारबाही गरी सकेका सांसदलाई सभामुखले कारबाही गरेर तत्काल सूची प्रकाशन गर्न उनीहरुले दबाब दिएका छन्। तर सभामुख सापकोटा भने उपस्थित छैनन् ।

दबाब दिन पुगेका सांसदहरुले कारबाहीको सूचना जारी गर्न ढिलाई भए धर्ना बस्नेसमेत चेतावनी दिएका छन्।