• मंसिर १० २०८१, सोमबार

रेल्वे कम्पनीको महाप्रबन्धकमा नेपाल पक्षका झा नियुक्त

भाद्र ४ २०७८, शुक्रबार

जनकपुर । शेरबहादुर देउवा नेतृत्वको सरकार बन्नुमा भूमिका खेलेको एमालेको माधव नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थालेको छ ।

नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएकै दिन नेपाल रेल वे कम्पनी लिमिटेडको महाप्रबन्धक पद पनि पाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका नेता निरञ्जन झालाई नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धक पदमा नियुक्त गरेको हो ।

सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर १ निवासी झाले रेल सञ्चालनका लागि कटिबद्ध रहने बताए । झाले सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।

यसअघि केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई अहिलेको सरकारले स्पष्टीकरण सोधेपछि उनले स्पष्टीकरण नदिई राजीनामा दिएका थिए ।

सरकारले बिहीबार बागमती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर माधव नेपालको सचिवालयमा लामो समय काम गरेका यादव शर्मालाई नियुक्त गरेको थियो ।

गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चारजना प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।