• फाल्गुन २७ २०८२, बुधबार

बाग्मती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा सिफारिस

भाद्र ३ २०७८, बिहीबार

काठमाडौं । सरकारले बाग्मती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

राष्ट्रपतिले नियुक्त गरेर शपथ ग्रहण भएसँगै शर्माले वागमती प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने छन् ।

वाग्मती प्रदेशमा सरकार परिवर्तन भएसँगै सरकारले प्रदेश प्रमुख फेर्न लागेको हो । हाल वाग्मती प्रदेश प्रमुखमा विष्णु प्रसाईं रहेका छन् । उनलाई सरकारले फिर्ता बोलाएर शर्मालाई पठाउने निर्णय गरेको हो ।

शर्मा प्रस्तावित नेकपा (एमाले-समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निकट हुन् । उनले लामो समय नेता नेपालको स्वकीय सचिव रहेर काम गरेका थिए।

बुधबार मात्रै वाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यले शपथ लिएकी थिइन् ।