• फाल्गुन २७ २०८२, बुधबार

कृष्ण जन्मअष्टमीमा सार्वजनिक विदा दिने सरकारको निर्णय

भाद्र ३ २०७८, बिहीबार

काठमाडौँ। सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

साथै, सरकारले गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ। भदौ ७ मा गाईजात्रा छ ।

यसअगाडि काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेकोमा नेवार समुदायका लागि देशैभर उक्त दिन बिदा दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए।