• मंसिर १७ २०८१, सोमबार

अम्बानीको एन्टिलिआ : विश्वका सातौं आश्चर्यको कलात्मक संगम

भाद्र ३ २०७८, बिहीबार

विश्वका धनाढ्य अम्बानी :

भारतका सबैभन्दा धनी र एशियाका दोस्रो धनी मुकेश अम्बानीको मुम्बइस्थित अति आरामदायी भवनको नाम हो– एन्टिलिआ । अम्बानीको नाम जति प्रशिद्ध छ, उनको घर पनि उत्तिकै आलिशान छ र महंगो पनि ।

भारतमा विज्ञान तथा आधुनिक प्रविधिको प्रवेशसँगै बामेसरिरहेको मोबाइल सम्पर्क प्रविधिलाई रिलायन्स उद्योगमार्फत् आम बनाउने श्रेय उनैलाई जान्छ । उनी यो रिलायन्स कम्पनीका मालिक पनि हुन् । साथै, अध्यक्ष तथा व्यवस्थापक निर्देशक पनि ।

विश्वमा नवौं धनाढ्यका रुपमा चिनिने अम्बानीको रिलायन्स मोबाइल कम्पनी भारतमा हालसम्म अघि बढिरहेका अरु विभिन्न उद्योग र कम्पनीमध्ये दोस्रो मूल्यवान कम्पनी हो । उनको कम्पनीले उनलाई जति चर्चामा ल्याएको छ, त्यत्तिकै उनको मुम्बईस्थित आलिशान घर एन्टिलिआले पनि ल्याएको छ ।

एन्टिलिया, एक सपनाको द्विप :

उनको घर एन्टिलिआ सबैभन्दा महंगो निजी घरको सूचीमा पर्न आउँछ । उक्त घरको मूल्य दुई बिलियन अमेरिकी डलर रहेको छ । मूल्यका हिसाबले संसारकै सबैभन्दा महंगो मानिएको बेलायतस्थित बकिङघम दरवारपछिको दोस्रो मानिन्छ ।

एन्टिलिया पौराणिक कथा र किम्बदन्तीमा निकै चर्चामा आइरहने एउटा सानो तर अति सुन्दर द्विपको नाम हो । यो द्विप एटलान्टिक महासागरमा हजारौं वर्ष पहिले डुबेर समाप्त भएको विश्वास गरिन्छ । अम्बानीको आलिशान महल पनि यसैको नामबाट राखिएको छ ।

घरपरिवार :

२७ तल्ला भएको एन्टिलिआको सबैभन्दा माथिल्लो तल्लामा अम्बानी परिवार बस्ने गर्दछन् । उक्त परिवारमा मुख्य गरी मुकेश अम्बानी, उनकी जीवन संगिनी नीता अम्बानी र तीन छोराछोरी रहेका छन् ।

उनीहरु यहाँ सर्नुभन्दा पहिले उनका भाइ तथा उद्याोगपति अनिल अम्बानीसित दक्षिण मुम्बईस्थित ‘सी विन्ड’ को अठारौं तल्लामा बस्ने गर्दथे । मुकेश अम्बानीकै भनेर दर्ता गरिएको घर यही एन्टिलिआ हो । यो घरको उद्घाटनमा भारतका सेलिब्रिटी, राजनेता, उद्योगपति तथा गन्यमान्य व्यक्तिलाई आमन्त्रण गरिएको थियो ।

घरमा ६०० जना कामदार :

यो सपनाको घरको रेखदेख र दैनिक कामका लागि ६०० जना मानिस निरन्तर खटिरहेका हुन्छन् । तिनमा बढारकुढार गर्ने देखि भान्से, सुरक्षाकर्मी, उड्डयन इन्जिनियर, प्रशिक्षकसम्म रहेका छन् । भान्सामा खाना बनाउनका लागि मात्र होटेल ओबेरोइ स्तरका भान्सेहरु त्यहाँ खटिएका हुन्छन् ।

यो घरको लागत मूल्य तीन बिलियन डलर रहेको छ । यो भनेको जमिन र घर दुवैको कूल लागत मूल्य हो । यसलाई भारतीय रुपैयामा रुपान्तरण गर्दा ४५ करोड हुन्छ ।

महंगो बस्ती :

मुम्बईको अल्टामाउण्ट रोडमा रहेको यो घर सबैभन्दा महंगो रेजिडेन्सियल इलाकामा पर्दछ । अल्टामाउण्ट रोड विश्वकै दशौं महंगो बस्ती भएको रोडमा पर्दछ । यहाँ भारतका गनिएका धनी आदित्य बिड्ला र दीपक परेखजस्ता मानिसहरु पहिल्यैदेखि बस्दै आएका छन् ।

यो घर अमेरिकाको शिकागोमा रहेका पर्किन्स एण्ड विल आर्किटेक्चर फर्मको डिजाइनमा निर्माण भएको हो । यस अतिरिक्त अन्य आर्किटेक्चरल फर्महरुसँग पनि अम्बानीले सहायता लिएका थिए ।

घरभित्रै हेलिप्याड :

सात तल्ला अग्लो रहेको यो घर १७३ मिटर वा ५७० फिट अग्लो छ । यसले आठ रेक्टर स्केलको भूइँचाले थाम्न सक्ने गरी निर्माण गरिएको छ । यसमा वगैंचासहित पार्क निर्माण गरिएको छ । पार्किङ स्थलमा १६८ कारहरु सजिलै पार्किङ तथा आवतजावत गर्न सक्छन् ।

यसमध्ये दुई तल्ला त अम्बानीका निजी कारका लागि नै राखिएका छन् । जसमा मेब्याच–६२ र रोल्स रोयस फ्यान्टोमसहितका आरामदायी कारहरु राखिएका । यस अतिरिक्त पाहुनाका लागि एउटा सिंगो पार्किङको व्यवस्था गरिएको छ । आकस्मिका तथा नियमित हेलिकप्टर उडानका लागि सिंगो फ्ल्याटमा हेलिप्याड निर्माण गरिएको छ । यो घरको विजुली खपत रकम प्रति महिना ७० लाख भारतीय रुपैया पर्न आउँछ ।

हिराजडित घरबाटै समुद्री दृश्य :

अम्बानी परिवारका अनुसार यो घर भित्रको फ्ल्याटबाटै समुद्रको दृश्य हेर्नका लागि बनाइएको हो । यो आफैमा अति बिलासिताको दरवार जस्तै हो । यसलाई आधुनिकताको आवश्यकता पनि भन्न सकिन्छ । यो आलिशान बंगलाका हरेक भित्ता र सिलिङ दुर्लभ काठबाट बनाइएका छन् । मार्वल, मोती, हिरा, पन्ना र कारीगरीबाट निर्मित बुट्टेदार भित्ता र सिलिङले अलौकिकताको आभाष गराउँछन् । यी सबै भारतका छानिएका कालीगढबाट निर्माण भएका छन् ।

यसको भित्र तीनवटा आधुनिक स्वीमिङ पुल र योगा स्टुडियो छन् । यसैमा सानो नाटक घर ‘मिनि थिएटर’ पनि छ । पचासौं जना अट्ने स्न्याक वार र वाइन रुम छन् । यसले पाच तारे होटलको क्वालिटियुक्त सेवा दिने गरेको छ ।

सुन्दर बेबिलोनियन बगैंचा :

एन्टिलिआमा बनाइएका बगैचाहरु झुण्डिएको बगैंचा जस्ता देखिन्छन् । यस्ता वगैंचा आठौं तलादेखि बाह्रौं तलासम्म छन् । यो घरमा संसारका सातौं आश्चर्यका कुराहरुको प्रतिविम्ब होस् भन्ने आशय लुकेको देखिन्छ ।

घरमा मुख्य ७ भिन्नता देख्न सकिन्छ :

एकदेखि छतल्लासम्म कार पार्किङ, सातौं तल्ला नाटक घर, आठौंदेखि बाह्रौं तल्ला झुण्डिएका बगैंचा, तेह्रौं तल्ला स्विमिङ पुल, चौधदेखि बीसौं तल्ला पाहुनका लागि, एक्काइसौंदेखि सत्ताइँसौं तल्ला अम्बानी रेजिडेन्स । अम्बानी रेजिडेन्समै तीनवटा हेलिप्याड पनि छन् ।