• फाल्गुन २७ २०८२, बुधबार

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न सभामुखलाई एमालेको दबाब

भाद्र ३ २०७८, बिहीबार

काठमाडौ । नेकपा एमालेले माधव नेपालसहित चौध जना प्रतिनिधिसभा सदस्यमाथि गरिएको कारवाहीको सूचनालाई तत्काल अघि बढाउन दबाब दिएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आज विहान सभामुख अग्नि सापकोटालाई भेटेर प्रक्रिया अघि बढाउन दबाब दिएका हुन ।

भेटमा सभामुख सापकोटाले भने आफुले अध्ययन गरिरहेको जानकारी दिएका छन । भट्टराईले बुधबार पनि सापकोटालाई फोन गरेर प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । माओवादीले टोपवहादुर रायमाझीहरुलाई सांसदबाट पदमुक्त गरेको पत्र सचिवालयमा दर्ता हुनासाथ सभामुखले सूचना टाँस गरेपनि अहिले पत्र अघि नबढाएको भन्दै एमालेले आपत्ति समेत जनाएको छ ।

एमालेले पार्टीको ह्वीप उल्लंघन गरेको र विभाजनकारी गतिविधिमा लागेको भन्दै माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐन अनुसार सभामुखले सो सूचना १५ दिनभन्दा बढी रोक्न मिल्दैन । कारवाहीमा परेका १४ जना सांसदले पनि बुधवार संसद सचिवालयमा विरोधको सूचना लगेर आफूहरुमाथिको कारवाही असंवैधानिक र गैरकानूनी भएकाले रोक्न माग गरेका छन् । तर नेपाल पक्षका सांसदको पत्र भने सचिवालयमा दर्ता भएको छैन ।